सात प्रदेश बिरुद्धको हस्ताक्षर प्रम कोइरालालाई बुझाइदै

कात्तिक २३, काठमाडौँ-नेपाली काँग्रसका नेताहरुद्धारा संकलित  सात प्रदेश बिरुद्धको हस्ताक्षर आज प्रम कोइरालालाई बुझाइदैछ । काँग्रसकै नेताहरुले सम्बाद समितिमा पेस गरेको सात प्रदेशको प्रस्ताब बिरुद्ध संकलित हस्ताक्षर ७ प्रदेशको  प्रस्ताबप्रति असन्तुष्ट नेताहरु अहिले केहिबेरमा कोइरालाई बुझाउन लागेका हुन् । नेताहरुले आफ्नो ध्यानाकर्षणपत्रमा कोइरालालाई सम्बोधन गर्दै उनीहरुले पूर्व झापादेखि पश्चिम कञ्चनपुसम्म, दक्षिण भारतीय सीमादेखि उत्तरको चुरेसम्मको भूगोल मधेस प्रदेशका रुपमा दाबी गरेका छन् ।  साथै, मधेसका प्रदेशबाट तीन ठूला नदी सप्तकोशी, नारायणी र कर्णाली छुट्याउन नपाइने प्रमुख सर्त उनीहरुले राखेका छन् । हस्ताक्षर अभियानमा मोरङ कांग्रेसका सभापति अमृत अर्यालदेखि राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवसम्म रहनुभएको छ । हस्ताक्षर अभियानमा संलग्न एक सदस्यका अनुसार सात प्रदेशविरुद्ध तराई–मधेसका ५७ सभासदले नै हस्ताक्षर गर्ने सहमति जनाइसकेका छन् ।