चलचित्र ‘दिमाग खराब’ तेश्रो सातामा प्रवेश

म्ंसिर १०, काठमाडौं  – चलचित्र ‘दिमाग खराब’ प्रर्दशनीको तेस्रो सातामा प्रवेश गरेको छ । । गत कात्तिक २४ गतेबाट नेपाल र विदेशबाट एकसाथ प्रदर्शनमा आएको थियो ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, लगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।