महिला विश्व कप फुटबल – आइतबार फाइनल खेल हुने

साउन ३२, एजेन्सी –  फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् ।

महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको छ ।

फाइनल खेल आइतवार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।