‘गुँला पर्व’ आजदेखि प्रारम्भ

साउन ३२, काठमाडौं – नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजदेखि प्रारम्भ भएको छ ।

वर्षभरी दिवंगत भएका आफन्तहरुको राम्रो होस् (वैकुण्ठमा बास परोस्) भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घरनजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गरेर यो पर्व मनाउने प्रचलन रहेको छ ।