नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबै भन्दा उच्च विन्दुमा: महासचिव घिमिरे

साउन ८, काठमाडौं- नेपाल क्यान्सर केयर फाउन्डेशनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तनक् यान्सर सबै भन्दा उच्च विन्दुमा पुगेको बताएकी छिन् ।
सोमबार जापान सरकारको सहयोगमा निर्मित ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गर्ने आयोजना हस्तान्तरण समारोहमा महासचिव घिमिरेले क्यान्सरको उच्च जोखिम रहेको तत्थ्यांक प्रस्तुत गरिन् ।
उनले भनिन्,‘नेपालमाक्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरुमाहुने पाठेघर मुखको क्यान्सर र स्तनक्यान्सर अहिले सबैभन्दाउच्चविन्दुमा छ ।’ संस्थाले मात्रै २५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको क्यान्सर र १७ सय बढीमा स्तन क्यान्सर स्क्रिनिङ गरेको तत्थ्यांकउल्लेख गर्दै उनले नेपालको पूरा आँकडा हेर्नैै नपर्ने गरीक्यान्सरले भयावह रुप लिएको धारणा राखिन् ।

‘२५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको जाँचतथा १७ सय बढीको स्तन क्यान्सर सम्बन्धि जाँच भैसकेको छ । विद्यमान क्यान्सरको भयावह स्थिति जान्नलाई हामीले नेपालको पूरा आँकडा हेर्नै पर्दैन्, सुरुवाती चरण देखि यो संस्थामा आएको आँकडा हेर्दा २८ जना महिलामा पाठेघरको र ७ जनामा स्तनक्यान्सर भेटिइसकेको छ,’ घिमिरेले भनिन् ।
त्यस्तै उनले संस्थामा जाँच गराउन आएका मध्ये ६सय १० जना पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावित महिलाहरुलाई उपचार मार्फत निको गराएको भन्दै नेपालमा महिलामा देखिने दुवै क्यान्सको रोकथामकालागि सबै लाग्नु पर्ने धारणा राखिन् ।
नेपालको लागि जन स्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (जिजिपी) अन्तर्गत जापान सरकारको सहयोग द्वारा ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गरिएको थियो । स्तन क्यान्सरको अवस्थाबारेको महासचिव घिमिरेले पेश गरेको विवरण म्यामोग्राफी मेसिन जडान गरिसके पछिको हो ।
सन् २०१९ को अन्त्यमा यो परियोजना पूरा भएपछि २०२० मा हस्तान्तरण गर्ने तयारी गरिरहँदा कोभिड लगायतको कारण रोकिएको थियो । तर, फाउण्डेसनले सो मेसिन यस अघि नै सञ्चालनमाल्याइसकेको छ ।
औपचारिता पूरा गर्न आज कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालकालागि जापानी राजदूत किकुता युताकाले क्यान्सर स्क्रिनिङ मेसिनको व्यवहारिक प्रयोगबाट प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन उपयोगी सिद्ध भएकोप्रति खुसी व्यक्त गरे ।
किकुताले भने, ‘म्यामोग्राफी परीक्षण यन्त्रको हस्तान्तरण समारोह आजभएतापनिउपलब्ध गराइएको परीक्षण उपकरणलाई यसरी व्यवहारिक रूपमा प्रयोगमा ल्याएको र वास्तवमा उपयोगी भएको देख्न पाउँदा राजदूतको हैसियतमा धेरै खुशीलागेको छ।’
उनले उपकरणको प्रयोगबाट स्तनक्यान्सर परीक्षणमा सुधार हुनाले प्रभावित बिरामीहरूको प्रारम्भिकउपचार हुनेमाविश्वस्तरहेको पनिबताएका छन् ।
‘पाठेघरको क्यान्सर, जुनभाइरस परीक्षण या खोपहरूद्वारा रोकथाम गर्न सकिन्छ, तर यसको विपरीत स्तनक्यान्सरको मामलामा स्क्रिनिङ मार्फत प्रारम्भिक पहिचान र त्यसपछि प्रारम्भिक उपचार गर्न अत्यन्त महत्वपूर्ण हुन्छ। यस पटक जापानले उपलब्ध गराएको म्यामोग्राफी उपकरणले मुख्यतयाललितपुर जिल्ला र वरिपरिका महिलाहरूको जीवनबचाउनपहिलो पाइलाहुने र बिरामी र तिनका परिवारको सुखीजीवनका साथै स्थानीय समुदायको विकासमा ठूलो योगदानपुग्ने विश्वास लिएका छौं,’युताकाले भने ।
कार्यक्रममा फाउण्डेसनकाअध्यक्षसुशीलकुमार पन्तले उक्त स्तनक्यान्सर स्क्रिनिङ उपकरण जडानले स्तनक्यान्सरको पहिचान गर्न ठूलो र महत्वपूर्ण सहयोग पुगेको भन्दै जापानी सरकारलाई धन्यवाददिए । साथै उनले सरकारको क्यान्सर सम्बन्धि राष्ट्रिय नीतिमा सहयोग गर्ने र सरकारको योजना कार्यान्वयनमा साथदिने भएको भन्दै एनजिओले उपलब्ध गराउने सेवा सुविधाविशुद्ध सेवागर्नु रहेको र त्यसमाविस्वस्त रहन सबैमा आग्रह पनि गरे ।