पर्याप्त बर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा अझै पनि रोपाई हुन सकेन्

साउन ८, काठमाडौैं – अहिले देशभर मनसुन सक्रिय छ । तर पनि देशका धेरै भागमा पर्याप्त बर्षा नहुँदा रोपाई हुन सकेको छैन् । ठूलो र एक नाशको बर्षा नहुँदा पनि धान रोपाई अझै धेरै ठाउँमा हुन नसकेको हो ।

मध्य तराईका धेरै जिल्लाहरु पनि पर्याप्त बर्षा नहुँदा धान रोपाईले गति लिन सकेको छैन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका – ३ वनिगामा पनि पर्याप्त बर्षा नहँुदा किसानहरु मारमा परेका छन् ।

वनिगामा यतिखेर धान रोपाई सकि सक्नु पर्ने हो तर पानीको अभावमा किसानहरुले रोपाईको मेसो अझै पाउन सकेको छैनन् । थोरबहुत परेको पानीको भरमा मुश्किलले रोपाई जारी राखेका किसानहरुले खेत आफै सम्याएर सामान्य रोपाई गर्दै आएका छन् ।

धानको व्याड अझै पनि खेतमा नै राखेर बर्षाको प्रतीक्षामा रहेका किसानहरु सिंचाईको व्यवस्था नहुँदा समस्या परेको गुनासो राख्छन् । हरेक बर्ष आकाशे पानीमा भर पर्नु पर्दा धान उत्पादन पनि भने जस्तो हुन नसकेको उनीहरुको दुखेसो छ ।