धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै,अस्पतालमा छुट्टै डेङ्गु वार्ड सञ्चालनमा

साउन ८, सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गएको एक सातामा ६ सय १५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानको कोभिड अस्पताल भवनतर्फ ३० शैय्याको छुट्टै डेङ्गु वार्ड सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिष्ठानको इमर्जेन्सी वा ओपीडीमा उपचारका लागि पुगेका डेङ्गु संक्रमित बिरामीमध्ये सिकिस्त बिरामीलाई आईसियू, इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ राखिने व्यवस्थाअस्पताले जानकारी दिएको छ ।