रियललाई कोपा डेल रे को उपाधि

बैशाख २४, काठमाडौं  – रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

रियलले शनिबार राति भएको फाइनलमा ओसासुनालाई २ १ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई ११ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २ १ को जित दिलाए । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो ।

रियलको यो २० औं कोपा डेल रे उपाधि हो ।