नागरिकता विधेयक बारे कानूनविद्हरूसँग परामर्श गर्दै राष्ट्रपति

बैशाख २४, काठमाडौं – रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आइतबार दिउँसो १ बजे कानूनविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

यसअघि नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उक्त विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो ।

वर्तमान सरकारले भने उक्त विधेयक अघि बढाउने निर्णय गरेको छ ।