गृहमन्त्रीले गरे मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन

बैशाख १७, काठमाडौं -उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् ।

आज बिहान गृहमन्त्री श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन्। धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालयको एक समारोहबीच उनले उद्घाटन गरेका हुन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।