प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच भेटवार्ता

बैशाख १७, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् ।

यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन । सो पार्टीले सरकारमा सहभागीताबारे निर्णय गर्न सोमबार बैठक बोलाएको छ ।