आइपीएलमा आज बेङ्ग्लोर र लखनउ भिड्दै

चैत २७, एजेन्सी  – इण्डियन प्रिमियर लिग आइपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपर जायन्ट भिड्दै छन्।

बेङ्ग्लोर फाफ डु प्लेसिस र लखनउ केएल राहुलको कप्तानीमा मङ्गलम चिन्नस्वामी स्टेडियममा साँझ ७.४५ बजे खेल हुने छ ।

तीन खेल खेलेको लखनउ दुईमा जित र एकमा हारसहित चार अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ।

यता, दुई खेल खेलेको बेङ्ग्लोरले एकमा जित र अर्कोमा हार व्यहोरेको छ। हाल तालिकाको सातौँ स्थानमा रहेको बेङ्ग्लोरले पहिलो खेलमा मुम्बइलाई हराएको थियो भने दोस्रो खेलमा कोलकातासँग पराजित भएको थियो।