सांसदले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ – गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्। अनुसन्धानबाट जे पुष्टि त्यहीअनुसार सरकार अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ।

सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले २ करोडको कुरा आएको उल्लेख गर्दै आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट त्यसबारे निष्कर्षमा पुगिने बताए।

‘२ करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यहीअनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ मन्त्री श्रेष्ठले भने।

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो। उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ।

उनले उक्त रकम सभापति लामिछानेको कोर टिमका सदस्यले मागेको पनि अडियोमा बताएका छन्। ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २र३ जना साथी हुनुहुन्छ। उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ अडियोमा श्रेष्ठले भनेको सुनिन्छ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्न मिल्छरु भन्दै प्रश्न गरे।

‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैनरु तपाईंहरूलाई के लाग्छरु’ मन्त्री श्रेष्ठको प्रश्न थियो।

गृहमन्त्री श्रेष्ठले महानगरका मेयर शाहबाट बल प्रयोगका लागि मात्रै संघीय सरकारलाई आनुरोध भएको र त्यसको औचित्य पुष्टि गर्न भनेर आफूले भनेको उल्लेख गरेका छन्।