बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की

चैत २७, काठमाडौं  – नायिका प्रियंका कार्की बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् ।

कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र अभिनेत्री कार्कीले औपचारिक रूपमा ब्रान्डएम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेकी हुन् ।

उक्त कम्पनिको ब्रान्ड एम्बेस्डरमा कार्कीलाई एक बर्षको लागी नियुक्त गरीएको हो ।

बेन्कोले बिगत ५ वर्षदेखि नेपाल स्थित अम्बे मोबाइल्सले बिक्री बितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यमा उपलब्ध ब्रान्ड हो ।