विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकता हुने

चैत १, काठमाडौं –  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने जनाइएको छ ।