उपराष्ट्रपतिमा यादवलाई मतदान गर्न सांसदहरूलाई कांग्रेसको निर्देशन

 

चैत १, काठमाडौं –  नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उमेदवार यादवका पक्षमा मत दिने निर्णय गरेको हो । यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा जसपाका यादवसहित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् ।