साम्राज्ञी र कर्मा दीपेन्द्रको ‘नांगो गाउँ’ मा अनुबन्धित

फागुन १०, काठमाडौं – नायिका साम्राज्ञी राज्य लक्ष्मी नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। फिल्म ‘नांगोगाउँ’ मा साम्राज्ञी अनुबन्धित भएकी हुन्।

दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा साम्राज्ञी सँगै कर्मा अभिनेता कर्मा पनि जोडिएका छन्। फिल्ममा दयाहाङ राई र मिरुना मगर यस अगाडी नै फाइनल भैसकेका छन्।

फिल्ममा शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहने पक्का भैसकेको छ।

मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा हिमाल शर्माको लगानी रहेको छ। आलोक शुक्लाले खिच्ने चलचित्र फागुन अन्तिम साता बाट फ्लोअरमा जानेछ।