घर वरिपरिका ५ सय बढीले राप्रपा छोडेपछि रेखालाई ठुलो धक्का

मङ्सिर १, काठमाडौं  –मोरङ ३ बाट प्रतिनिधि सभामा उमेदवार रहेकी रेखाको गृह वडा सुन्दरहरैचा ७ हो । घर वरिपरिका ५ सय बढीले राप्रपा छोडेपछि रेखालाई ठुलो धक्का लागेको छ । डाक्टर शर्माले कार्यक्रममा बोल्दै अभिनेत्री थापा शिसाको पर्दामा अब्बल भए पनि राजनीतिमा खहरे खोला जस्तै भएको बताए ।

उनले भने” चुनाब लड्न एजेन्डा चाहिन्छ, हामी ५ वर्ष अघि हारेर पनि लाखौं गरिव दुखीको निशुल्क उपचार गरेर मतदाताका वरिपरि रह्यौं । हजारौंलाई निशुल्क पढायौं । कोराना कालमा नथाकिकन काम गर्यौं । तर, पनि ठाउँ ठाउँमा हामी माथि प्रश्न उठाएका छन् । तर, यहाँ राज्यकोषबाट करोडौं कुम्ल्याउनेहरू, एकदुई दिन गाउँ घुमेर नमस्कार गरेकै भरमा चुनाब जित्छौं भनेर हिडिरहेका छन् । उनले अब कांग्रेसको जित कसैले रोक्न नसक्ने ठोकुवा गरे ।”