रेखा थापाको वडाबाट ५ सय कार्यकर्तासहित राप्रपाका केन्द्रिय नेता अम्विकाप्रसाद अधिकारी नेपाली कांग्रेस प्रवेश

 

मङ्सिर १, काठमाडौं  –प्रतिनिधि सभाको निर्वाचनआउन ४ दिन मात्र बाँकी हुँदा मोरङ ३ बाट राप्रपा उमेदवार रेखा थापाको वडाबाट उनका ५ सय कार्यकर्ता सहित राप्रपाका प्रभावशाली नेता अम्विकाप्रसाद अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

मोरङ ३ बाट प्रतिनिधि सभामा उमेदवार रहेकी रेखाको गृह वडा सुन्दरहरैचा ७ हो ।  सलकपुरमा आज भएको चुनावी सभामा नेपाली कांग्रेसका उमेदवार डाक्टर सुनीलकुमार शर्माले केन्द्रिय नेता अम्बिकाप्रसाद अधिकारि र उर्मिला अधिकारी लगायतका कार्यकर्तालाई टीका लगाएर कांग्रेसमा प्रवेश गराए ।