युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

कात्तिक २, एजेन्सी – युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ।

मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ।

सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला सङ्क्रमणको व्यापकता देखिएको थियो।

सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यु लगाइएको छ। सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ।