एनसीसी बैंकका ग्रहकले मनकामना अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

भदौ २३, काठमाडौ –एनसीसी बैंकले चितवनको भरतपुर स्थित मनकामना अस्पतालमा उपचार गर्दा आफ्ना ग्राहकको उपचारमा विशेष छुट प्रदान गर्ने गरि सम्झौता भएकोे छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.ली मा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट पाउने वैकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।