चुनावकोलागि एमालेले उम्मेदवार सिफारिसको छनोट गर्दै

भदौ ११, काठमाडौं–
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमीटि र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गन निर्देशन गरेको हो ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्षेत्रीय कमिटिहरुले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन दिएको बताए । उनका अनुसार त्यसरी सिफारीस गर्दा एक महिला सहित ३ महिलाको नाम सिफारीस गर्नुपर्ने छ । पार्टी, नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता भएको हुनेपर्ने छ ।