नेकपा एमालेको राजनीतिक प्रतिवेदन छलफल गर्न ९ वटा समुह तयार

भदौ १०, काठमाडौं–
नेकपा एमालेले आगामी चुनावमा पार्टीलाई कसरी अग्रपंक्तिमा पुर्याउने भनेर योजना तयारी पारिर्दैछ । यसैको क्रममा एमाले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समुह समेत बनाइएको हो ।
च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबारदेखि सुरु भएका बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसबारे छलफल गर्न सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरेर ९ वटा समुह बनेको छ । सोहि समुहले अध्यक्षको प्रतिवेदनमाथि व्यापक छलफल गर्ने छ । शनिबार १० बजे बस्ने बैठकमा प्रतिवेदन पेश हुने छ ।