लागु औषध मुद्धा लागेका व्यक्ति दोषि भएको नेपाली कांग्रेस र जसपाको दावी

भदौ ११, काठमाडौं–
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले लागु औषध मुद्धामा निदोर्ष व्यक्तिलाई फसाएको भन्दै नवलपरासीमा घटना सत्यतथ्य छानबिन गर्न माग गरेकोछ ।
जिल्लाको रामग्राम नगरपालिका १७ पिपरहियाबाट असार २२ गते प्रहरीले भारत मोतिहारी घर भएका जिल्लाको भुमहीमा कवडीको कारोबार गर्ने रामा गुप्ता र जितेन्द्र पासवानलाई लागु औषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको हो । दुवैविरुद्ध अहिले मुद्धा चलिरहेकोछ । उनीहरुलाई गाउपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले व्यक्तिगत व्यवसायको लेनदनमा कुरा नमिलेपछि गुप्ता र पासवानलाई फसाएको कांग्रेस र जसपाका नेताको दावी छ ।