भट्टराईले खुलाए माओवादी केन्द्रसंग चुनावी तालमेल गर्नुको कारण

भदौ १० काठमाडौं–
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्र संग चुनावी तालमेल गर्नुको कारण खुलाएका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकार सहितको संघीयताको मुद्धा मिलेका कारण नेकपा माओवादी केन्द्र संग चुनावी तालमेल गरेको बताएका हुन् ।
प्रथम पटक काठमाडौमा शुक्रबार गरिएको जिल्ला भेलालाई संबोधन गर्दै उनले यस्तो कारण बताए । राजनीतिक मुद्धा मिलेकै कारण आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमे गरिने सुनाए । जसपामा समावेश हुनु अघि भट्टराई माओवादीबाट अलग्गीएर नया शक्ती पार्टी खोलेका थिए । पछि उपेन्द्र यादवको जनता समाजवादी पार्टी संग पार्टी एकिकरण गरे । पदीय भागवन्डामा चर्किर्दै गएको झगडाले अन्ततः पार्टीबाट अलग भई भट्टराईले नेसपा खोलेका हुन् ।