फिल्म ‘झिँगेदाउ’को ‘टल टल टल टलक्कै’ गीत सार्वजनिक (भिडिओ)

भदौं १०, काठमाडौं  – फिल्म ‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक भएको छ।

बुधबार ‘टल टल टल टलक्कै’ बोलको गीत सार्वजनिक गरिएको हो।

सुरेश लामा र अन्जु पन्तको स्वर रहेको गीतको भिडिओमा अभिनेत्री आँचल शर्मा र कुशल विष्टले नृत्य प्रस्तुत गरेका छन्। फिल्मका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाहको माहोलमा उनीहरूले नृत्य गरेको देख्न सकिन्छ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचल, कुशलसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायत कलाकारको अभिनय छ।