आज देशभर एकै पटक ५० जिल्लामा फाइजर खोप लगाइदै

भदौं ५, काठमाडौं–
सरकारले देशभरका ५० जिल्लामा ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभीड–१९ विरुद्धको फाइजर खोप दिइंदै छ ।
५० जिल्लाहरु मध्ये, प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पांचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदपुरका बालबालिकालाई फाइजर खोप दिइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौ सम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको छ । भदौ २७ गतेदेखि असोज १ गते सम्म कोभीड १९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ । यस अघि २७ जिल्लामा बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो । मधेस प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लामा खोप कार्यक्रम सक्रिय गरिएकोछ ।