पिपुल्स पावर लिमिटेडको साधारण शेयरमा आइपिओ भर्ने आजअन्तिमदिन ।

साउन ५, काठमाडौ – पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयर भर्ने आज अन्तिम दिन हो । साउन ३१ गते देखि शुरु भएकोमा आज बैंकिङ्ग समय सम्म आवेदकहरुले शेयरमा आवेदन दिन सक्नेछन् ।

स्थानियबासी, कर्मचारी र सामुहिकलगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२,९४,६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

पिपुल्स पावर लिमिटेडले ईलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भई सकेको तथा कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने मिति २०७९ सालभदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।