सत्ता गठबन्धनमा लोसपा सामेलमा पांच दल बेखुसी, प्रधानमन्त्रीको एकोहोरो जोड

 

भदौ ४, काठमाडौं–
सत्ता गठबन्धनमा लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) समावेश गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको एकोहोरो प्रयास भएपनि अरु दल सकरात्मक देखिएका छैनन् । जसका कारण लोसपा नजिकदै आएको चुनावमा के गर्ने ? बारे अन्योलता झेलीरहेकोछ ।
लामो समयदेखि प्रधानमन्त्री देउवाले लोसपा सत्ता गठबन्धनमा ल्याउने कोसीस गरिरहका छन् । यता एमालेलाई कमजोर गराउने उनको उदेश्य हो भने अर्को मधेशमा लोसपा द्धारा आफ्नो प्रभुत्व जमाउन खोज्नु प्रधानमन्त्रीको राजनीतिक स्वार्थ देखिन्छ । यद्यपी पांच दल भने लोसपालाई सत्ता गठबन्धनमा ल्याउन इन्कार गर्दै आएका छन् । मधेश केन्द्रीत उपेन्द्र यादवको पार्टी जसपा लोसपाको पुरै विरोधी छ भने अरु दलहरु सिट बाडाफड र विगतमा लोसपाको एमाले संगको निकटताका कारण त्यति विश्वस्नीय नदेखिएको माओवादी केन्द्रका एक नेताले बताए । यद्यपी लोसपा भने प्रधानमन्त्रीको बाटो हेरिरहेकोछ । लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पांच दलिय गठबन्धनको औपचारिक निर्णय कुर्दै सत्ता गठबन्धनमा सामेल हुन उत्सुक रहेको सुनाए ।