कविराजको अपमानजनक नाम लेखिएको नागरिकता सच्याउने प्रक्रियामा

 

भदौ ४, दैलेख–
कविराम विश्वकर्माको अपमानजनक नाम लेखिएको नागरिकता सच्चाउन प्रशासनले प्रक्रिया सुरु गरेकोछ । आफ्नो नाम नागरिकतामा अपमानजनक भएको भन्दै सच्चयाउन विश्वकर्मा ९ दिन अघि जिल्ला प्रशासन कार्यालय धाएका थिए । त्यहा उनले निवेदन समेत दिएका थिए । निवेदन अनुसार जिल्ला प्रशासन कार्यालयको टोली नै गाउमा पुगेर मुचुल्का उठाउन थालेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
विश्वकर्मा संगै गाउका अन्यले पनि आफ्नो नागरिकतामा अपमानजनक काम सच्याउन निवेदन दिएका छन् । उनले आफ्ना अन्य ५ छोराछोरीको नागरिकतामा नाम सच्याउन पनि चाहेको बताए । उनकी माइली बुहारी निशाले आफ्नो विहे दर्ता र छोरोछोरीको