नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भन्छन्,‘सरकारले महंगी घटाएन’

भदौ ४ काठमाडौं–
इन्धनको मुल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । महंगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले एक कार्यक्रममा बताए ।
काठमाडौ महानगरपालिका वडा १० मा शनिबार बिहान आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वचालित मूल्य प्रणाल लागु गरेर इन्धनको मुल्य समायोजन गर्नुपर्ने बताएका हुन् ।
उनले आफ्नै सरकारमा रहेको नेपाली कांग्रेसको नेतृत्वलाई महंगी घटाउनु प्रति ध्यानार्कषण गराएका थिए । उनले कार्यक्रममा भने, ‘सरकारले अलिकति पहल गरिदिनु पर्यो, उपभोक्ता मारमा पार्दिनु भएन ।’ उनका अनुसार स्वचालित मूल्य प्रणाली लागु गरिएपनि अन्तराष्ट्रिय बजारमा तीन पटक सम्म इन्धनको मुल्य घट्दा समेत नेपाल आयल निगमले मुल्य घटाएकै छैन । यसबाट सरकारको आलोचना भइरहेको उनले सुनाए ।