सत्ता रुढ दलले फोहोर विसर्जनमा गर्यो अवरोध

साउन ३०, काठमाडौं–
सत्ता रुढ दलले फोहोर विसर्जन गर्न अवरोध खडा गरेका छन् । बन्चरेडाडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न गएका गाडी धुनिबेसी–१ मा अवरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्तहरुले सोमबार बिहानै देखि फोहोर बोकेको गाडीमा रोक लगाएका छन् ।
उनीहरुले पटक पटक सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै अवरोध गरेका हन् । सत्ता रुढ दलको वडा समितिको अगुवाइमा भएको आन्दोलनमा फोहोको लिचेट भरिएर खोलाभरी पुगेको, फोहोर बोकेर हिड्ने गाडीबाट लिचेट चुहिने, असरल्ल फोहोर सडकभरी छरिदा सधै सास्ती खेप्नु परेको भन्दै आक्रोष पोखेका थिए । उनीहरुले फोहोर व्यवस्थपानको दिर्घकालीन सभ्य शैली अपनाउनु पर्ने माग राख्दै आएका छन् ।