गृह मन्त्रालय:  आगामी निर्वाचनमा सुरक्षा र चुनौति छलफल

साउन ३०, काठमाडौं–
आगामी मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृहमन्त्रालयले आवश्यक सुरक्षा रणनीति र आइपर्न सक्ने चुनौति बारे छलफल गरेकोछ । गृहन्त्री बालकृष्ण खांणकाधे अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो छलफल चलाएको हो ।
बैठकम निर्वाचनको तयारी कसरी गर्ने, व्यवस्थापन, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ती परिचालन लगायतका महत्वपुर्ण विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले बताए । उनका अनुसार बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका समिति टेक नारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय केन्द्रीय कमान्डर पोष्ट बनाएकोछ भने गृहमन्त्रलयको सुरक्षा तथा समन्वय महाशाा प्रमुख फणीन्द्रमणी पोखेरलको संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल बनाउने निर्णय भएकोछ । गृहमन्त्रालयका सह सचिवको नेतृत्वमा प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाइएकोछ । प्रदेश स्तरमा कमान्ड पोष्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल बनाउने समेत निर्णय भएको छ ।