राष्ट्रपतिले फिर्ता पठाइन्, नागरिकता विद्येक

साउन २९, काठमाडौं–
राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिता विद्येयक फिर्ता पठाएकी छन् । आइतबार राष्ट्रपति कार्यालयले सांझ प्रेस विज्ञप्ती जारी गरि उक्त विद्येकमा संघीय संसदले पुर्नविचार गर्न आवश्यक ठानेर राष्ट्रपतिले प्रतिनिधी सभामा फिर्ता पठाएको जानकारी दिएकोछ ।
प्रतिनिधी सभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक गरेर सितल निवास पठाएको थियो । उक्त विद्येयक साउन १५गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति समक्ष् प्रमाणीकरण गर्न पठाएका थिए । १४ दिन पछि राष्ट्रपतिले उक्त विद्येयक प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् ।