सुपारीको विवाद पुग्यो उच्च अदालत सम्म

साउन २९, विराटनगर–
सुपारीको विवाद उच्च अदालत सम्म पुगेकोछ । भारत निकासी भइसकेको अवस्थामा फकाईएको आठ ट्रक सुपारी विवाद उच्च अदालत पुगेको थियो ।
सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्सका सन्चालक नवीन घिमिरे ट्रक छुटाउन अन्तरिम आदेश माग गर्दै उच्च अदालत पुगेका हुन् । उच्च अदालत विराटनगले भने अन्तरिम आदेश दिन भने अस्वीकार गरेकोछ । साउन ५ गते विराटनगर भन्सार हुदै जोगवनी नाका पार भएको सुपारी भारतीय प्रहरीको सहयोगमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको थिये । सोहि सुपारी साउन ८ गते प्रहरीले ट्रकसहित सुपारी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाएको थियो ।