९ बुँदे घोषणापत्र जारी गर्दै सातौं राष्ट्रिय युवा सम्मेलन सम्पन्न

साउन २९, काठमाडौं –  ९ बुँदे घोषणापत्र जारी गर्दै सातौं राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ बिभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ । दुईदिनसम्म काठमाडौंमा सम्पन्न सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा वातावरण विद श्याम कृष्ण श्रेष्ठले आफ्नो ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए । टि. डि. एच. जर्मनीका नेपालका प्रतिनिधि मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवा क्लवर संजाल तथा सबै सरोकारवालाहरु संगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताए ।

कार्यक्रमको समापन समारोहमा इन्सेक नेपालका निर्देशक श्रीराम बजगाई, हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाही, आयोनका महासचिव खिमानन्द देवकोटा सिविस नेपालका गैर सरकारी संस्था महासंघ नेपालका महासचिव अर्जुन भट्टराईले संचालन गर्नुभएको पहिलो सत्रमा राष्ट्रिय योजना आयोगका उपसचिव यदुनाथ गौतम अतिथी वक्ताका रुपमा रहेका थिए

यसैगरी राजनिती र युवा नेतृत्व सम्बन्धी समुहगत छलफलमा अतिथी वक्ताहरु नेपाली काङ्ग्रेस केन्द्रीय कमिटी सदस्य नैनसिंह महर, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य माधव ढुङ्गेल, नेकपा माओवादी केन्द्र पोलिटव्युरो रामदिप आचार्य, नेकपा एकिकृत समाजवादी केन्द्रीय कमिटी सदस्य माननीय रमा आले मगरले वर्तमान नेपाली राजनितिमा देखिएका चुनौती, अवसर तथा सम्भावना विषयमा आफ्नो विचार व्यक्त गरे । युवा र पर्यटनु विषयक सत्रमा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुर्य थपलियाले पर्यटनका विविध आयाम तथा युवाको भूमिकाबारे प्रस्ट्याएका थिए ।

यसैगरी दोस्रो दिन युवा र उद्यमशीलता तथा युवा, जलवायु र जैविक विविधता संरक्षण गरि दुई सत्रमा समूह छलफल भएको थियो । पत्रकार तथा युवा अभियन्ता सोबिता गौतमले संचालन गरेका युवा र उद्धमशीलता सम्बन्धी सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कविराज उप्रेती तथा युवा उद्धमी प्रकृति मैनाली अतिथी वक्ताको रुपमा रहेका थिए ।
कार्यक्रममा वातावरणीय अधिकारलाई युवा तथा बालबालिकाको मानवीय अधिकारका रुपमा अगाडि बढाउन स्थानिय तहदेखी राष्ट्रिय स्तरमा बहस तथा पैरवी गर्न राष्ट्रिय संयन्त्र आवश्यक रहेको कार्यक्रम संयोजक अमृत देवकोटाले धारणा राखेका थिए ।

इन्सेकका निर्देशक श्रीराम चौलागाईले संचालन गरेका यस सत्रमा राष्ट्रिय बालअधिकार परिषद्का पुर्व कार्यकारी निर्देशक तथा बाल अधिकार विज्ञ मिलनराज धरेल, एन  सि जी का सह अध्यक्ष किरण थापा, बाल अधिकार विज्ञ विष्णु खत्री लगायतले बालबालिका तथा युवाको वातावरणीय अधिकार सम्बन्धी विषयमा आफ्नो धारणा राखेका थिए ।

समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ४०५ भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरु नयाँ आसा पलाएको बताए ।

दिगो विकासका लागी राष्ट्रिय युवा संजाल, नेपालको आयोजना , राष्ट्रिय युवा परिषद्, नेपाल पर्यटन बोर्ड र गैर सरकारी संस्था महासंघ संगको समन्वय तथा टि.डि.एच. जर्मनी, ए.आई.एन . स्ट्रोम फाउन्डेसन, गुड सेफर्ड, हुरेन्डेक नेपाल, ग्रामिण विकास संस्था काभ्रे लगायत २० भन्दा धेरै राष्ट्रिय तथा अन्तरास्ट्रिय संघसंस्थाहरु संगको समन्वयमा भएको कार्यक्रममा देशैभरिबाट १०० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।