सामुहिक बलात्कारका दुई आरोपीको पोलीयोग्राफी जांच

साउन २६, काठमाडौं–
सामुहिक बलात्कार आरोपमा परेका दुई पुरुष माथि प्रहरीले पोलीग्रापफ जांच गरेकोछ । विराटनगर बसेर अध्ययन गर्दै सुनसरीको १९ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका ३ का ५० वर्षे विनोद राउत र विराटनगर महानगरपालिका ३ का ५० वर्षे सुरज सुवेदीको पोलीयोग्राफी गरिएको प्रहरीले जनाएको छ ।
आरोपीत दुवै जना राष्ट्रिय खेलकुद परिषद् मोरङ जिल्लाा कराते प्रशिक्षक हुन् । प्रहरीले पीडित किशोरीको जाहेरीका आधारमा साउन ९ गते आइतबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार पोलीयोग्राफीको जांचमा रिपोर्ट सकरात्मक देखिएकोछ ।