चीनमा नया भाइरसबाट ३५ जना संक्रमीत

साउन २६, काठमाडौं–
चीनमा फेरि नया भाइरस भेटिएकोछ । जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएकोछ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको छ । चिनिया वैज्ञानिकहरुका अनुसार यो भाइरसलाई निगरानीमा राखिएकोछ ।
यस अघि चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुदै चीनको हेनान र सांदोंग प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस(लेभी) पुष्टि भएको हो । लेभी भाइरसको लक्षणमा मानिसलाई ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने हुन्छ ।