नेसपाका अध्यक्ष डा. भट्टराईले मोर्चा बनाएर चुनाव लड्न प्रस्ताव राख्दै

साउन २६, काठमाडौं–
माओवादी केन्द्रका नेताहरुलाई भेटेर नेपाल समाजवादी पार्टी(नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले मोर्चा बनाउने प्रस्ताव राखेका छन् । जनता समाजवादी पार्टी र माओवादीले एकीकृत समाजवादी मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेका छन् ।
डा. भट्टराई जसपाबाट अलग भएका भट्टराई सहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएका हुन् । बिहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चा बारे छलफल गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । त्यस्तै मोर्चा बनाउने र एउटै चुनाव चिन्हमा लड्ने प्रस्ताव राख्ने विषयमा नेसपा स्रोतले सल्लाह गरौंला भन्नुभएको बताएका छन् ।