काठमाडौ महानगरपालिकाको फोहोर बोकेको गाडी तोडफोड

साउन २४, काठमाडौं–
फोहोर बोकेका गाडीमा मंगलबार तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौति थपिएकोछ । काठमाडौ महानगरपालिकाको फोहोर बोकेको गाडीमा अज्ञात समुहद्धारा तोडफोड भएको हो ।
सिस्डोल–बञ्चरेडांडा सडक खण्डको आलेटार भन्ने ठाउमा अज्ञात समुहले टिपर र डोजर तोडफोड गरेको काठमाडौ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले बताए । उनका अनुसार १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीन वटा डोजर माथि तोडफोड गरिएको हो । आफ्ना माग पुरा गरेपछि मात्रै फोहोर व्यवस्थापन गर्न गर्न दिने स्थानीयले महानगरपालिका संग माग राख्दै आएका थिए । सहमति भइसकेको मागमा फेरि महानगरपालिकाले वास्ता नगरेको भन्दै स्थानीयले आपत्ती जनाउदै आएका छन् ।