नेकपा एमाले सांसद पाण्डे भन्छिन्ः ‘निरन्तर आजीवन एउटै व्यक्ति उम्मेदवार हुने प्रवृतिको अन्त्य जरुरी छ’

 

साउन २४, काठमाडौं–
नेकपा एमालेकी सांसद विन्दा पाण्डेले मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागीता गराउनु पर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव अघि सारेकी छन् ।
उनले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी हुन् । मंसिरमा हुने निर्वाचन र आगामी दिनमा पनि पहिला हुने निर्वाचन अन्र्तगत उम्मेदवारी दिदा समानुपातिलक प्रणाली अनुसार उम्मेदवार तय गर्नु पर्ने व्यवस्था गरिनु पर्ने भनेकी छन् ।
त्यस्तै, उनले एउटै व्यक्ति एउटा निर्वाचन क्षेत्रबाट दुई पटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गर्न प्रस्ताव राखेकी थिइन् । उनले संसदमा भनेकी छन्,‘निरन्तर आजीवन एउटै व्यक्ति उम्मेदवार हुने प्रवृतिको अन्त्य जरुरी छ ।’