गाडिको कन्टेनर भित्र शव फेला

साउन २४, काठमाडौं
मोरङको सुन्दरहरौचा नगरपालिका–८ मा रोकि राखिएको एक कन्टेनरभित्र पुरुषको शव फेला परेकोछ । अन्दाजी ५० वर्षे पुरुषको शव फेला परेको हो । पुर्वपश्चिम लोकमार्ग अन्र्तगत सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा कन्टेनर भित्र उक्त शव भेटिएपछि स्थानीय आश्चार्य चकित छन् ।
स्थानीयका अनुसार चार दिनदेखि सडक किनारामा रोकिएको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडीको सिटमा शब भेटिएको प्रहरीले जनाउकोछ । मृतकको पहिचान नखुेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताएका छन् । प्रहरीका अनुसार शव भित्र रहेको र कन्टेनरको ढोका लक भएको अवस्थामा फेला परेको बताएका छन् ।