कोभीडले एक पुरुषको मृत्यु

२० साउन, इमेलखबर
कोभीडका कारण धनगढीमा एक ५० वर्षीय पुरुषको मृत्यु भएकोछ । सेती प्रादेशीक अस्पतालको कोभीड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का पुरुषको मृत्यु भएको हो ।
उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठ बताए । उनका अनुसार ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या रहेको तर, परिक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । कोरोना भाइरस विरुद्धको खोप समेत नलगाएको श्रेष्ठले खुलाए ।