अफ्रिकन स्वाइन फिवरले थुप्रै बंगुर मारिए

साउन २१, इमलेखबर
अफ्रिकन स्वाइन फिवरको संक्रमणले काभ्रेपाल्चोकको पनौती नगरपालिकामा ठुलो संख्यामा पशु मरेका छन् । उक्त रोगका कारण नगरका तीन ठाउका फार्ममा ६ सय सात बंगुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएकोछ ।
फार्ममा समेत संक्रमणले प्रभाव पारेपछि यहाका कृषक चिन्तीत छन् । वडा–५ मा टिम भिजन एग्रिकल्चर प्राली र गैरी गांउ कृषि तथा पशुपन्छी फार्म, वडा–१० मा श्रेष्ठ बंगुर फार्ममा अधिक क्षती भएको कृषकले बताएका छन् । शाखा प्रमुख लीलाप्रसाद सापकोटा अनुसार रोगका कारण किसानको दुई करोड भन्दा बढी क्षती भएकोछ । नमुना परिक्षण गर्दा गत साता मात्रै उक्त रोग देखा परेको उनले बताए ।