चीनले थाल्यो सैन्य अभियान

साउन १९, काठमाडौ- चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले अभियान सुरु गरेको हो । ट्वीटर मार्फत चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिलियान झाओले यस्तो जानकारी दिएका हुन् ।

जसमा उनले पीएलए चिनिया जनमुक्ती सेनाले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान थालिएको बताइएकोछ । त्यस्तै, चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्ने भनि उल्लेख गरिएको छ । ताइवानको सिमाना भन्दा १६ किलोमीटर मात्रै टाढाको समुन्द्री क्षेत्र वरपरि सैन्य अभ्यास थालेको चिनका प्रवक्ताले बताएका छन् । साथै यो अभ्यासमा विश्वका अन्य व्यस्त जलमार्गहरु समेत हुने विश्व संचार माध्यम बिबीसीले जानकारी दिएको छ ।