कुन–कुन स्थानमा बढ्दै छ, बाढी र पहिरोको जोखीम ?

साउन १९, काठमाडौ- केहि साता देखि देशका विभिन्न स्थानमा भारी बर्षा हुदा बाढी र पहिरोको जोखिम बढ्दै गएकोछ । सप्तरीमा कोशी नदीको कटानले बस्ती प्रभावीत भएका छन् भने बुधबारदेखि दुई सय भन्दा बढी परिवारको उद्धार कार्य जारी छ । बर्षाकै कारण अन्यत्र स्थानमा पनि जोखीम बढ्दै छ । बाटो अबरुद्ध हुनुका साथै बाढी र पहिलोको उच्चजोखीम छ । दैनिक जनजीवन प्रभावीत छन् । गएको राती १२ बजेपछि कास्कीका विभिन्न स्थानमा भारी बर्षा भएपछि त्यहाको अवस्था पनि खतरा जनक छ ।

कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्क लगायतका विभिन्न स्थानमा बाढीको जोखिम रहेको पुर्वानुमान महाशाखाले जनाएकोछ । त्यस्तै, पर्वत, गोर्खा, आसापासका केहि स्थानमा समेत उच्च सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार तामाकोशी नदी, गोगर जगतमा जलसतह ४.५२ मिटरले बढेको हो । त्यस्तै, बांके जिल्लामा पनि सर्तकता अपनाउन जरुरी रहेको विपत व्यवस्थापन केन्द्र बांकेले जनाएकोछ ।