मंसिर ४ मा आम निर्वाचन हुदै

साउन १९, काठमाडौ- – प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएकोछ । सत्तारुढ पांच दलले एकै चरणमा निर्वाचन गर्ने सहमति गरेको हो ।

सत्ता गठबन्धनको समझादरी अनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहिबार घोषणा गर्ने बताइएकोछ । त्यस्तै, सत्ता गठबन्धन दलले उम्मेदवारी मनोनयनको अघिल्लो दिन सम्म प्रतिनिधीसभा कायम राख्नु पर्ने पनि समझदारी गरिएको छ । सरकारले निर्वाचन आयोगमा मंसिर २ गते एकै चोटी आम निर्वाचन गर्ने सिफारीस गरेको थियो । यद्यपी आयोगले निर्वाचनको तयारी गर्न कम्तीमा १ सय २० दिन चाहिने भन्दै आएको थियो ।