आज नाग पञ्चमी, नागको पूजा गरीदै

साउन १७, काठमाडौं  – श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।

नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।