पहिरोका कारण डुम्रे–बेसीसहर–मनाङ सडक ठप्प

साउन १७, काठमाडौं – पहिरोका कारण डुम्रे–बेसी सहर–मनाङ सडक ठप्प रहेको छ । निरन्तरको वर्षापछि बाढी र पहिरोले डुम्रे–बेसीसहरमा बनाइएको डाइभर्सन बगाएपछि सडक बन्द भएको हो ।

यो सडक गएको असार ४ गते पहिरोले बगाएपछि डाइभर्सन बनाएर खुलाइएको थियो । तर, पानी पर्दा डाइभर्सन बगाएपछि सडक बन्द भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

यस्तै, लमजुङको उदिपुरमा पहिरो खसेको छ । बेसीसहर–मनाङमा पनि ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण मनाङसँगको सडक सञ्जाल विच्छेद भएको छ ।

सडक खुलाउनका लागि प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी वैद्यले जानकारी दिए ।