भ्रष्टाचार र महंगी विरूद्ध एमालेको प्रदर्शन

साउन १६, काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भ्रष्टाचार र महंगी बढेको भन्दै बिरोध प्रर्दशन गरेको छ ।

सोमबार दिउँसो एमालेका विभिन्न भ्रातृसंस्थाहरूले बसन्तपुरमा प्रर्दशन गरेका हुन् ।

प्रर्दशनकारीहरुले जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका थिए।

झरीका कारण प्रदर्शनकारीहरू छाता ‌ओढेर प्रदर्शन गर्दै शान्तिबाटिकासम्म पुगेका थिए ।